देश राजनीति

बस्ती बगाउनेगरी क्रसर उद्योगले अनाधिकृतरुपमा उत्खनन गरेपछि मोरङको केराबारी–८ आमजुङ्गीका स्थानीय पिडित, आक्रोशित स्थनीयद्वारा गाउँपालिका घेराउ

विराटनगर, १६ फागुन । क्रसर उद्योगले अनाधिकृत रुपमा उत्खनन गरेपछि मोरङको केराबारी गाउँपालिका– ८ आमजुङ्गीका स्थानीयबासी पीडीत भएका छन । बस्ती नजिकैको खदम खोलामा निरन्तरको उत्खननका कारण सिंगो बस्तीनै जोखिममा परेपछि स्थानीय पीडित भएका हुन ।

खदम खोलासँग जोडिएको आमजुङ्गी बस्ती सिरानमा महादेव मिनरल इन्ड्रष्टिज र शिवम क्रसर उद्योग छन् । ती उद्योगले खोलाको प्राकृतिक बाधको रुपमा रहेको ढुङ्गागिटीको अनाधिकृत उत्खनन गर्दा पीडित भएका स्थानीयबासी आन्दोलित बनेका छन् ।

उद्योग सञ्चालकले खोलामा भएको गिटी बालुवा उत्खनन गरिसकेका छन् । खोला धारमा करिब १५ फिट भन्दा गहिरो खाल्डो छ । खोला बाहिरको निजी जग्गामा १० फिट भन्दा गहिरो खनेर उत्खनन गरेपछि आन्दोलित बनेको स्थानीयले बताएका छन् ।

बस्ती बगाउनेगरी उत्खनन सुरु भएपछि स्थानीयले केही दिनयता प्रदर्शन गरिरहेका स्थानीयले पटक पटक उद्योग सञ्चालकलाई आग्रह गर्दा नमानेका कारण उनिहरु शनिबारयता निरन्तर प्रदर्शन गरिरहेका छन ।

आइतबार उद्योग अगाडी प्रदर्शन गरेका स्थानीयले केराबारी गाउँपालिकाको कार्यालय पनि घेराउ गरेका छन् । गाउँपालिका अध्यक्ष रोहित कार्कीले भेट्न नमानेपछि पालिकाको कार्यालयमा नाराबाजी गर्दै तोडफोडको प्रयास पनि गरेका छन् ।

उता ढुङ्गागिट्टी व्यावसायी भीम पौडेल खोलाबाट ढुङ्गागिटी चोरी गर्न नपाएकाहरुको अगुवाईमा आफ्ना विरुद्ध प्रदर्शन भएको आरोप लगाएका छन् । नीजि जग्गा खरिद गरेर आफुले उद्योग सञ्चालन गरेको बताउँदै उनले खोलाबाट ढुङ्गागिट्टी निकाल्न नपाएकाहरुको अगुवाईमा आफ्ना विरुद्ध आन्दोलन गरेको बताए ।

Featured