देश

रविलाई अदालतको आदेश : विदेश नजानू, मुद्दासँग सम्बन्धित कार्यक्रम नगर्नू

काठमाडौं, भदौ ९–टेलिभिजनकर्मी रवि लामिछानेलाई अदालतको अनुमतिबिना विदेश भ्रमणमा जान रोक लगाइएको छ ।

जिल्ला अदालत चितवनका न्यायाधीश हमेन्त रावलको इजलाशले लामिछानेलाई ५ लाख, उनका सहकर्मी युवराज कँडेललाई तीन लाख र नर्स अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिए पनि अदालतको अनुमतिबिना विदेश भ्रमणमा जान रोक लगाएको हो ।

यस्तै शालिकराम आत्महत्या प्रकरणसँग सम्बन्धित रहेर सार्वजनिक टिकाटिप्पणी वा टेलिभिजन कार्यक्रम नबनाउन पनि आदेशमा भनिएको छ ।