देश

विराटनगर महानगर कर्मचारी कार्कीको हर्कत, इजलाश कक्षको टेबुलमै उपरखुट्टी

विराटनगर, १६ फागुन । विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखाका संयोजक रमेश कार्कीले उपमेयरको न्यायीक सुनुवाई समितिको इजलाश कक्षमा रहेको टेबलमाथि खुट्टा राखेर बसेको फोटो सार्वजनिक भएको छ ।

कार्कीले खुट्टा टेबलमा राखेको नजिकै उपमेयर इन्दीरा कार्कीको नेमप्लेट र नेपालको राष्ट्रिय झण्डा पनि देख्न सकिन्छ । हेदैं असहज र अस्वभाविक लाग्ने यो तस्बिर फेला परेको हो ।

स्वास्थ्य महाशाखा संयोजक रहेका कार्की छैटौं तहका अधिकृत हुन् । पछिल्लो पटक प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलले भने महाशाखा प्रमुखको जिम्मेवारीका लागि आठौं वा नवौं तहका अधिकृतले मात्रै गर्न सक्ने भएकोले उनलाई महाशाखाको संयोजकको रुपमा जिम्मेवारी दिएका थिए । महानगरका कर्मचारी स्रोतका अनुसार कार्कीलाई महानगरभित्र एकलौटी काम गर्ने र कसैलाई नटेर्ने कर्मचारीको रुपमा लिइएको छ । हाम्रोमतबाट

Featured