देश राजनीति

गृह जिल्ला झापा आएर प्रधानमन्त्री ओलीले भने–मलाई हटाएर देखाउनुस

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी ओलीले आफुलाई पदबाट हटाएर देखाउन चुनौती दिएका छन् । गृहजिल्ला झापा आएका ओलीले दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकाको संगमस्थलमा बन्ने चीन–नेपाल मैत्री औद्योगिक पार्क शिलान्याश कार्यक्रमलाई सम्बोधन गर्दै माधव नेपाल र प्रचण्डलाई अबिश्वासको प्रस्ताव मार्फत हटाएर देखाउन चुनौति दिएका हुन् ।

प्रधानमन्त्री ओलीले नेकपाको संसदीय दलको नेता र अध्यक्ष समेत आफै भएकाले पदबाट हटाउन चुनौती दिए । संसद पुर्नस्थापना गर्ने सर्वोच्च अदालतको फैसलापश्चात आफू प्रधानमन्त्री हुने अवस्था नदेखेपछि प्रचण्ड–माधव समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई गुहारेको ओलीले बताए ।

उनले सर्वोच्चमा मुद्दा हार्दैमा केही फरक नपर्ने समेत बताए । देशमा विकासको आँधीबेहरी आएको ओलीले दाबी गरे । देशमा भएको विकास र समृद्धि देख्न नसकेर केही व्यक्ति अताल्लिएको उनले आरोप लगाए । प्रधानमन्त्री ओलीले केही दिनमै विप्लव समूह समेत वार्तामा आउने जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले आजै दर्जनौ पुलको समेत शिलन्यास गरेका छन् ।

Featured