देश साहित्य

अग्रज लघुकथाकार लक्ष्मण नेवटियाद्वारा लिखित ‘यो जोसँग सम्बन्धित छ’ विराटनगरमा विमोचन

विराटनगर, १५ फागुन । अग्रज लघुकथाकार लक्ष्मण नेवटियाद्वारा लिखित ‘यो जोसँग सम्बन्धित छ’ लघुकथा आज विराटनगरमा विमोचन गरिएको छ । लघुकथा समाज प्रदेश–१ ले विराटनगरमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, प्राज्ञ विवश पोखरेल, प्राज्ञ गंगा सुवेदी, साहित्यकार विधान आचार्यलगायतले संयुक्त रुपमा संग्रहको विमोचन गरेका थिए ।

विमोचित कृतिमाथि साहित्यकार भूषण ढुंगेलले समीक्षा गरेका थिए । अहिलेको समाजलाई बुझ्न विमोचित कृति पढ्नु आवश्यक रहेको समीक्षक ढुंगेलले बता ए। पढ्न सुरु गरेपछि नसकिकन उठ्नै मन नलाग्ने कृतिको विशेषता भएको उनको भनाइ थियो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका अग्रज पत्रकार एवम् लघुकथा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले अहिलेको व्यस्त समयमा लामा भन्दा छोटा सिर्जनाको माग भइरहेको बताए । उनले नेवटियाको कथासंग्रहमा छोटा तर चोटिला लघुकथाहरु समावेश गरिएको उल्लेख गरे ।

Featured