देश

मोरङको ग्रामथानमा आयोजित आँखा शिविरबाट २८९ जना लाभान्वित

विराटनगर, १५ फागुन । मोरङको ग्रामथानमा आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट २ सय ८९ जना लाभान्वित भएका छन् । आँखा अस्पताल रानी विराटनगरको सहकार्यमा अहमदिया संघ नेपालले ग्रामथान २ झोराहाट स्थित शारदा सेकेण्डरी बोडिङ स्कुलमा आयोजना गरेको शिविरमा स्थानीय २ सय ८९ जना लाभान्वित भएका हुन् ।

मानव सेवा गर्ने उद्धेश्यले गठन गरिएको अहमदिया संघ नेपालले विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको संस्थाले जनाएको छ । संस्थाले निःशुल्क आँखा शिविर गरेर स्थानीयहरुलाई निकै सहज भएको भन्दै डा. मनोज राउतले धन्यवाद व्यक्त गरे ।

शनिबार गरिएको शिविरबाट मोतिया विन्दु देखिएका ३० जना ज्येष्ठ नागरिकहरुलाई आँखा अस्पताल रानी विराटनगरमा निःशुल्क अप्रेशनका लागि पठाएको संस्थाले जनाएको छ । उनीहरुलाई औषधी, खाने वस्ने र आउने जाने सवै व्यवस्था संस्थाले नै गर्ने जनाइएको छ ।

Featured