देश

रैथानी एकता परिषदद्वारा विराटनगरका युवाहरुबिच अन्तरकृया

विराटनगर, १५ फागुन । रैथानी एकता परिषद प्रदेश १ कमिटिले रैथानिक विषयमा विराटनगरका युवाहरु बीच अन्तरक्रिया कार्यक्रम गरेकोे छ । विराटनगर आयोजित कार्यक्रममा रैथानीहरु परापूर्वकालदेिख नेपालमा बसोवास गर्दै आइरहेको विषयमा केन्द्रित रहेर युवाहरु बीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा रैथानी एकता परिषद् प्रदेश १ कमिटिका संयोजक सन्तोष बराईलीले परम्पराकाल देखि बसोवास गर्दै आइरहेको जातजातिहरु रैथानी भएको बताए ।
उनले दलित, आदिवासी, जनजाती, मधेशी लगायतका समुदायहरु नै रैथानी रहेको बताए । उनले रैथानीहरुलाई स्थानीय, प्रदेश र संघीय सरकारले सवै क्षेत्रमा समावेस गराउनु पर्ने बताए । कार्यक्रममा दुई दर्जन बढि युवाहरुको सहभागी रहेको थियो ।

Featured