देश

विराटनगरमा दुईदिने नृत्य कार्यशाला सुरु

विराटनगर, १४ फागुन । ्भाइरलहुड डान्स स्टुडियोको आयोजनामा विराटनगरमा दुईदिने नृत्य कार्यशाला सुरु भएको छ । मारवाडी सेवा सदनमा शुक्रबारदेखि सुरु भएको कार्यशालामा करिब १ सय जना प्रशिक्षार्थी सहभागी भएका छन् ।

शनिबारसम्म सञ्चालन हुने कार्यशालामा इन्डिया बेस्ट डान्सर २०२० का विजेता टाइगर पप, स्याण्डी, ऋषी सूफीले प्रशिक्षण दिने स्टुडियोका संस्थापक साहिल खानले बताए ।

भारतको दिल्लीबाटै आएका स्याण्डीले एलेक्ट्रो डान्स फम र ऋषी सूफीले हिपहप डान्स सिकाउने उनले जानकारी दिए । कार्यशालामा सहभागिताका लागि पन्ध्रसय रुपैयाँ शुल्क लिइएको आयोजकले जनाएको छ । कार्यशालाको दोस्रो दिन शनिबार डान्स ब्याटल अर्थात नृत्य प्रतियोगिता हुने कार्यक्रम व्यवस्थापन सदस्य प्रियंका बस्नेतले बताइन ।

कोरोना महामारीका कारण अस्तव्यस्त बनेको नृत्य प्रशिक्षण र अभ्यासलाई पनरताजगी गराउने उद्धेश्यले कार्यक्रम आयोजना गरेको उनले बताइन् । कार्यक्रममा स्याण्डीले एलेक्ट्रो डान्स फम र ऋषी सूफीले हिपहप डान्स सिकाउनिे व्यवस्थापक बिक्की घिमिरेले बताए ।

उनले नृत्य पारखी विद्यार्थीहरुका लागि सुनौलो अवसर सिर्जना भएको जनाए । प्रदेश १ का विभिन्न जिल्लामा नृत्य साधना गरिरहेका विद्यार्थीहरुको कार्यशालामा सहभागीता रहेको जनाइएको छ ।

Featured