देश

विराटनगरमा कृषि तथा पशुुपंक्षी विमा अभिकर्ता अनलाइन तालिम शुुरु

विराटनगर, १४ फागुन । कृषितथा पशुुपंक्षी विमालाई सहज र प्रभावकारी वनाउन आजदेखि विराटनगरमा कृषि तथा पशुुपंक्षी विमा अभिकर्ता अनलाइन तालिम शुुरु भएको छ ।

प्रधानमन्त्री कृषि आधुुनिकीकरण परियोजना कार्यान्वयन इकाई मोरङले आयोजना गरेको तालिममा ६० जनाको सहभागिता रहेको छ । तालिम तिनदिन सम्म संचालन हुुने छ ।

धान,मकै तथा माछा जोन कार्यक्रम संचालन भइरहेको गाउँ तथा नगरपालिकाकाका युुुवालाई लक्षितगर्दै परियोजनाले तालिम संचालन गरेको हो । परियोजना कार्यान्वयन इकाई प्रमुुख विनोदकुुमार मण्डलले विमा कार्यक्रम प्रभावकारी वनाउन परियोजनाले प्रत्येक प्रत्येक वडामा एकजनाा अभिकर्ता रहनेगरि तालिम आयोजना गरेको वताए ।

बिमाप्रति जानकार नभएका किसानलाई विमावारे जानकारी गराइ विमा कार्यक्रममा सहभागी गराउन तालिमले मद्त पुुग्ने उनको भनाई थियो । परियोजना अन्र्तगत मोरङको रंगेली नगरपालिका तथा कटहरी र धनपालथान गाउपालिकामा माछा जोन, रतुुवामाई नगरपालिकामा धान र जहदा गाउपालिकामा मकै जोन कार्यक्रम संचालन हुुदै आएको छ ।

Featured