देश

सहायक क्याम्पस प्रमुखले अनियमितता गरेका भन्दै नेवि संघद्वारा कारवाहीको माग

विराटनगर, १४ फागुन । नेपाल विद्यार्थी संघ धनकुटा बहुमूखी क्याम्पस एकाई समितीले स्नातक तह तेस्रो बर्षको परीक्षामा धनकुटा बहुमूखी क्याम्पसका मानविकी संकायका सहायक क्याम्पस प्रमुखले अनियमितता गरेको भन्दै कारवाहीको माग गरेको छ ।

नेविसंघले विज्ञप्ति जारी गर्दै सहायक क्याम्पस प्रमुख रुद्रप्रसाद पोखरेलले बस्तुगत तर्फको उत्तर पुस्तिका फेरबदल गरेको, विद्यार्थीको भविष्यमा खेलवाड गरेको साथै धनकुटा बहुमूखी क्याम्पस, त्रिभूबन विश्वविद्यालयको परिक्षा प्रणालीको विश्वशनियता माथि नै प्रश्न उठ्ने कार्य गरेको भन्दै तत्काल निलबन गरि कारबाही गर्न माग गरेको छ ।

नेविसंघले आज सहायक क्यापस प्रमुखको तस्बीर कुर्सीमा टास्दै परीक्षा सजिलै पास गर्ने भए मलाई सम्पर्क गर्नू, बस्तुगत तर्फको उत्तर चाहिए म सहयोग गर्छु जस्ता पोस्टर लेखि क्यापसमा प्रदर्शन गरेको छ ।

यस अघि नै नेविसंघले परीक्षामा भएको अनियमितताको छानबिनमा क्यापस प्रशासन उदासिन भएको भन्दै ताला लगाएको थियो भने अन्य प्रध्यापक संघ तथा विद्यार्थी संघले समेत परीक्षामा भएको अनियमितताको छानबिन गर्न माग गरेका थिए ।

Featured