देश शिक्षा

इनरुवाका निजी तथा संस्थागत विद्यालयद्वारा बाल मनोविज्ञान कक्षालाई निरन्तरता

विराटनगर, १३ फागुन । सुनसरीको इनरुवामा रहेका निजी तथा संस्थागत विद्यालयले अभिभावक लक्षित बाल मनोविज्ञान कक्षालाई निरन्तरता दिएका छन् । प्याब्सन सुनसरीले अभिभावक जागरण अभियानका रुपमा उक्त कार्यक्रम संचालनमा ल्याएको हो ।

सोही अनुरुप पहिलो चरणमा इनरुवा भित्र रहेका निजी विद्यालयमा अभिभावक लक्षित शैक्षिक परामर्श कार्यक्रम चालु अवस्थामा छ । जस अन्र्तगत दर्माटर इङ्गिलस स्कूल इनरुवाले बाल मनोविज्ञानमा आधारित शैक्षिक परामर्श तथा अभिभावक तालिम कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा बाल मनोविद् पल्लभ सम्मनले सहजकर्ताका रुपमा अभिभावकलाई परामर्श तथा प्रशिक्षण दिनु भएको छ । पल्लभ सुनसरी प्याब्सन सँगको सहकार्यमा थालिएको शैक्षिक परामर्श कार्यक्रमको लागि जिल्ला दौडाहामा छन् ।

कार्यक्रम मार्फत बालबालिकाको मनोभाव बुझेर सोही अनुरुपको व्यवहार गरिनु पर्ने विषय केन्द्रीत प्रशिक्षण दिने गरिएको छ । प्याब्सनले इनरुवाका विद्यालयमा परामर्श कार्यक्रम सकिएपछि जिल्लाका अन्य पालिकामा अभियान थालिने प्याब्सन सुनसरी अध्यक्ष विष्णु कोइरालाले जानकारी दिए ।

Featured