खेलकुद देश

जहदाको लक्ष्मीनियामा जारी वडाध्यक्ष कप क्रिकेटको सेमिफाइनलमा पुग्यो पोखरीया

विराटनगर, १३ फागुन । मोरङको जहदास्थित लक्ष्मीनिया युवा क्लब द्वारा आयोजना गरिएको वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिताको आजको खेलमा जहदा–६ पोखरियाले जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

जहदा–३ लाई ६ विकेटले पराजित गर्दै जहदा ६ सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा ३ विकेटसहित ३० रन लिने नितेश सहनी म्यान अफ दि म्याच घोषित भए ।

उनलाई आयोजक क्लबका अध्यक्ष नितेस कुमार साहले मेडल कप तथा प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितमा भोलिको क्वाटर फाइनल खेल जहदा श्रृजनशील युवा क्लब र कलाबन्जर युवा स्पोर्टिंग क्लब बीच हुनेछ । प्रतियोगिताको बिजेताले नगद रु. ५१ हजार सहित मेडल कप र प्रमाणपत्र पाउनेछन् भने उप–बिजेताले नगद २१ हजार सहित मेडल कप र प्रमाणपत्र पाउनेछन।

Featured