देश

फामेर्सी अधिकृत दुई लाख रुपैयाँ घुससहित पक्राउ

विराटनगर, १३ फागुन । विराटनगरबाट एक अधिकृत घुससहित पक्राउ परेका छन् । औषधी व्यवस्था विभाग विराटनगरका फामेर्सी अधिकृत सरोज सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

बिहीबार अपरान्ह विराटनगर–३ स्थित भट्टराई होटल अडाडीबाट अधिकृत सुवेदीलाई सेवाग्राहीबाट घुस रकम लिएलगत्तै अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । बन्द भएको फार्मेसी सञ्चालनको अनुमति दिने नाममा सुवेदीले दुई लाख रुपैयाँ घुस लिएको अख्तियारको टोलीले जनाएको छ ।

 

Featured