देश

सोराभागमा लायन्स क्लब अफ विराटनगर एलिटद्धारा वृक्षारोपण

विराटनगर, भदौ ९-लायन्स क्लब अफ विराटनगर ऐलिटले मोरङको धनपालथान गाउँपालिका स्थित सोराभागमा वृक्षारोपण गरेको छ । सो क्लबले धनपालथान गाउँपालिका–४ सोराभाग स्थित संकटमोचन हनुमन मन्दीर परिसर र स्थानीय हंसवाहिनि आधारभुत विद्यालयमा वृक्षारोपण गरेको हो ।

मन्दीर र विद्यालय परिसरमा क्लबकी अध्यक्ष सोविका पाण्डे, उपाध्यक्ष अनुराधा थापा, सचिव प्रेरणा जोशी, कोषाध्यक्ष मोना गोयल र निर्देशक सर्वजीतराज पाण्डे, लायन्स क्लब अफ इन्टरनेशनल ३२५ ए वान, जोन १८ का जोन चियर पर्सन रमेश खत्रीले विभिन्न प्रजातिका सयौँ रुख रोपेका हुन् ।

सो अबसरमा क्लबकी अध्यक्ष पाण्डेले आफुहले वृक्षारापण मात्र नगरेर त्यसको संरक्षणको काम पनि गर्ने वताइन् । उनले रोपिएका विरुवाको संक्षणका लागि आफुहरुले नियमित निरिक्षण गरेर मल र संरक्षणको आवश्यक काम गर्ने बताइन् ।

उनले विद्यालयको वातावरण स्वच्छ र हराभरा बनाउनका लागि वृक्षारोपण गरिएको बताउँदै आगामी दिनमा पनि सो विद्यालयमा अन्य कार्यक्रमहरु गरिने समेत प्रतिवद्धता जनाइन् ।

कार्यक्रमा हंसवाहिनि आधारभुत विद्यालयका प्रधानाध्यापक गौरीशंकर मण्डलले विराटनगरदेखी आएर वृक्षारोपण गरेकोमा आभार प्रकट गरे । उनले लायन्यस क्लबले निस्वार्थ भावनाले विभिन्न सामाजिक कार्य गर्दै आएकोले सो विद्यालयमा अध्ययनरत वालवालिका लागि पनि आवश्यक सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ ए वान, जोन १८ का जोन चियर पर्सन रमेश खत्रीले लायन्स क्लबले देश व्यापि रुपमा सामाजिक कार्यहरु गर्दै आइरहेको बताए । उनले दुर्गम तथा दुर दराजका क्षेत्रहरुमा पनि लायन्स क्लब पुगेर स्वास्थ्य शिविर, शैक्षि सामग्री वितरण, वृक्षारोपण, विपन्न वर्गलाई स्वरोजगारमुलक तालिम लगायतका थुप्रै सामाजिक कार्यहरु गर्दै आइरहेको बताए ।

सो अबसरमा मसला, धुपी, रुदाक्ष, निम, आँप, तेजपत्ता, फलफुल लगायतका २ सय बढी विरुवा रोपिएको क्लबकी अध्यक्ष पाण्डेले बताइन् । सो क्लबले नियमित रुपमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । यस अघि केही समय पहिले मात्र सो क्लबले रंगेली नगरपालिका स्थित आदर्श आधारभुत विद्यालयमा अध्ययनरत २ सय वालवालिकालाई शैक्षिक सामाग्री वितरण गरेको थियो ।

Featured