नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले सर्वाेच्च अदालतले संसद् विघटनको सरकारी निर्णय बदर गरेसँगै नेपालकाे संविधान अझ बलियो भएको बताएका छन् ।
प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीले आयाेजना गरेकाे पत्रकार भेटघाटमा सिंहले सर्वाेच्चकाे फैसलासँगै संविधानमाथिकाे प्रहार असफल भएकाे बताए । ‘सर्वाेच्चकाे फैसलाले संविधानका आक्रमणकारीलाई हराइदिएकाे छ, संविधान अझ बलियाे बनेकाे छ’, उनले भने । उनले नेकपा विभाजनको मुख्य दोषी केपी ओली नै भएको आराेपसमेत लगाए ।
प्रतिक्रिया दिनुहोस