देश

रवि सहित तीनै जनाको बहस सकियो

काठमाडौँ, भदौ ९–नुवाकोटका पत्रकार सालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका संचारकर्मी रवि लामिछाने सहित तीनै जनाको अदालतमा बहस सकिएको छ ।

लामिछानेसँगै पक्राउ परेका युवराज कँडेल र रुकु भन्ने अस्मिता कार्की सहित तीनै जनाको चितवन जिल्ला अदालतमा मुद्दा पुर्पक्षका लागि चलिरहेको थुनछेक बहस सकिएको हो ।

सोमबार दिउँसो लामिछाने र युवराजको बयान लिई सके लगतै थुनछेक बहस सुरु गरिएको थियो भने बहस सकिए पनि अदालतको आदेश भने आउन बाँकी रहेको जानकारी प्राप्त भएको छ ।

उता भित्र बहस चलि रहँदा बाहिर रविका समर्थकले भने बिभिन्न नाराबाजीको लगाई रवीको रिहाईको लागि प्रदर्शन गरिहेका थिए । आज चितवनमा रबीको समर्थन गर्दै प्रर्दशनमा उत्रेका पाँच जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएका छन्

Featured