काठमाडौं, भदौ ९-काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित राप्ती रुकुम चित्रीपाटन होटलबाट यार्सागुम्बा १.५ केजी सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा रुकुम आठविसकोट नगरपालिका-७ घर भई हाल काठमाडौं मित्रनगर बस्ने २७ वर्षीय शेखर विसी र ४३ बर्षीय कमल विसी रहेका छन्।
महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको यार्सागुम्बा सहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस