देश

संयुक्त सरकार बनाउने प्रचण्ड-माधवको प्रस्तावमा देउवाले भने : पार्टीभित्र छलफल गर्छु

नेपाली कांग्रेसका सभाति शेरबहादुर देउवा र नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपालबीच देउवा निवास बूढानीलकण्ठमा भएको भेटवार्ता सकिएको छ ।

कांग्रेस सभापति देउवानिकट स्रोतका अनुसार छलफलमा राष्ट्रिय संयुक्त सरकार बनाएर जाने प्रस्ताव प्रचण्ड-माधवले देउवालाई राखेका थिए । प्रस्तावका बारेमा पार्टीभित्र छलफल गरेर निर्णयमा पुग्ने देउवाको जवाफ फर्काएका छन् ।

कांग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार उनीहरूबीच सत्ता समीकरण, प्रतिनिधिसभा पुनर्स्थापनापछि विकसित राजनीतिक घटनाक्रम, संसद् बैठक, प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्तावलगायतका विषयमा छलफल भएको थियो ।

५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटनको निर्णय उल्ट्याउँदै मंगलबार सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको फैसला सुनाएको थियो । सर्वोच्चको फैसलालगत्तै प्रचण्ड र देउवाबीच मंगलबार साँझ नै टेलिफोनमा कुराकानी भएको थियो ।

Featured