देश

३२१८ को पीसीआर गर्दा ११० जनामा कोरोना पुष्टि, थप ४ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २१८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा थप ३९ महिला र ७१ पुरुषमा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ ।

आज देशभरबाट १०२ जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ७० हजार ६८ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेको मन्त्रालय जनाएको छ । देशभर संक्रमितको संख्या १ हजार ५ सय ३३ जना रहेका छन् ।

आज कोरोनाको संक्रमणबाट थप ४ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६५ पुगेको छ ।

मन्त्रालयले १६५ वटा खोप केन्द्रबाट ४ लाख २८ हजार ८२४ जनाले कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाएको जनाएको छ । नेपालमा १४ माघबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको थियो ।

Featured