देश

स्रोत नखुलेको १० लाख रुपैयाँसहित सप्तरीबाट दुई जना पक्राउ

सप्तरीमा स्रोत नखुलेको १० लाख रकमसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । बीओपी तिलाठीको गस्ती टोलीले मंगलबार दिउँसो उनीहरूलाई चेक गर्दा स्रोत नखुलेको १० लाख रुपैयाँ बरामद गरेको हो ।

सप्तरीका सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ बस्ने ३८ वर्षीया कविता दास र २२ वर्षीया रिंकु दास रहेको बताए ।

शंका लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट १० लाख रुपैयाँ बरामद भएको र उनीहरूले उक्त रकमको स्रोत खुलाउन नसकेका कारण बरामद रकमसहित दुवै जनालाई भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको श्रेष्ठले बताए ।

Featured