देश राजनीति

पूर्वप्रधानमन्त्री भट्टराई अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । उनी भारतको नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा भर्ना भएका छन् ।

भट्टराई बिहान ९ बजेदेखि भर्ना भएका हुन् । सोमबार उनको परीक्षण गरिएको थियो । भट्टराईलाई ’न्युरोएन्डोक्राइन ट्युमर’ को आशंका गरिएको छ । उपचारको लागि भट्टराई आइतबार भारत गएका हुन् ।

Featured