देश

विराटनगर महानगरपालिकाकी उपमेयरद्धारा विकास निर्माणको अनुगमन

विराटनगर, भदौ ९–दायित्व सारेर निर्माण सम्पन्न गरिएका विराटनगर महानगरपालिका क्षेत्रका सडक , नाला तथा पर्खालहरुको अनुगमन गरिएको छ ।

विराटनगर महानगरपालिकाकी उपमेर ईन्दिरा कार्कीको नेतृत्वको अनुगमनको टोलिले विराटनगरको वडा नम्बर ३ , ४ , ५ ,७ र १५ का सडक, नाला तथा पर्खालको अनुगमन गरेको हो । अनुगमनमा विराटनगर–९ वडाध्यक्ष विश्वनाथ भगत, विराटनगर–७ का वडाध्यक्ष मधुबाबु तिवारी , विराटनगर–१५ का वडाध्यक्ष असलम आलम ईन्जिनियर गोपाल पोखरेल लगायत महानगरका प्राविधिकहरुको टोलिले अगुगमन गरेको थियो ।

अनुगमनका क्रममा त्रुटि देखिएका स्थानहरुमा उपभोक्ता समीतीलाई त्रुटी सच्याउन आग्रह गरिएको ईन्जिनियर पोखरेलले बताए । अहिले. विराटनगरमा सडक,नाल र ढल निर्माणकार्य जारी रहेको छ ।

अनुगमनमा उपमेयर कार्कीले भनिन् ,‘ विभिन्न स्थानमा त्रुटी भेटिएको छ । हामीले विकासेकामहरुको गुणस्तर मापन गर्योँ, काममा गल्ती गर्ने समिति र पदाधिकारीहरुलाई सुधार्न आग्रह गरिएको छ ।’ करिब आधादर्जन , नाला र ढलको अनुगमन गरिएको थियो ।