विदेश

रुसी राष्ट्रपति पुटिनका आलोचक नाभाल्नीको अपिल खारेज

रुसको एक अदालतले राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एलेक्सी नाभाल्नीको अपिल खारेज गरिदिएको छ । उनले सजायका सर्त उल्लंघन गरेको मामिलाविरुद्ध अपिल गरेका थिए ।

नाभाल्नीलाई जर्मनीबाट उपचार गराएर रुस फर्किएपछि हिरासतमा लिइएको थियो । त्यसपछि उनलाई सजायका सर्तको उल्लंघन गरेको मामिलामा दोषि ठहर गरिएको बीबीसीले जनाएको छ ।

घातक नर्व एजेन्ट नोविचोक आक्रमण भएपछि नाभाल्नी उपचारका लागि जर्मनी गएका थिए । उनले आफूमाथि भएको उक्त आक्रमणको दोष राष्ट्रपति पुटिनमाथि लगाएका छन् । तर रुसी सरकारले नाभाल्नीको उक्त आरोप अस्वीकार गरेको छ ।

Featured