विदेश

भारत तेलंगना : बीच सडकमा कुटपिट गरी वकिल दम्पतीकाे हत्या

एजेन्सी, ६ फागुन । भारत तेलंगानाकाे पेड्डापल्ली जिल्लामा अज्ञात समूहले कुटपिट गरी एक नामुद वकील दम्पतीकाे बीच सडकमै हत्या गरेकाे छ । वमन राव पत्नीसँग तेलंगाना उच्च अदालतमा अभ्यास गर्थे । पेड्डापल्ली जिल्लाकाे मन्तनी मण्डलकाे गन्जापडुगुमा उनकाे पुर्ख्याैली घर रहेकाे बीबीसी हिन्दीले उल्लेख गरेकाे छ ।

मन्तनी अदालतमा काम सकेर हैदराबाद फर्किँदै गरेका बेला उनीहरूमाथि आक्रमण भएकाे थियाे । गम्भीर घाइते अवस्थामा फेला परेका उनीहरूलाई अस्पताल लैजाँदालैजाँदै बाटैमै मृत्यु भएकाे भारतीय प्रहरीले जनाएकाे छ । सामाजिक सञ्जालमा सेयर भइरहेकाे भिडियाेमा एक व्यक्तिले उनीहरूमाथि कुटपिट गर्दै चक्कु प्रहार गरिरहेकाे देखिएकाे छ ।

Featured