विदेश

अस्ट्रेलियामा फेसबुककाे प्रतिबन्धः समाचार पढ्न र सेयर गर्न नपाइने, पेजहरू ब्लक

एजेन्सी, ६ फागुन । फेसबुकमा देखिने समाचारमाथि अस्ट्रेलियामा प्रतिबन्ध लगाइएकाे छ । अब त्यहाँका प्रयाेगकर्ताले फेसबुकमा समाचार पढ्न, पाेस्ट गर्न र सेयर गर्न पाउने छैनन् ।

अस्ट्रेलिया सरकारले समाचारजन्य सामग्रीका लागि फेसबुकले पैसा तिर्नु पर्ने कानुनकाे तयारी गरेपछि फेसबुकले यस्तो प्रतिबन्ध लगाएको हो ।

प्रस्तावित कानुन इन्टरनेटको आधारभूत मान्यतासँग मेल नखाने भन्दै गूगलले समेत विराेध गरेकाे छ । फेसबुकको यो निर्णयसँगै त्यहाँ प्रयाेगकर्ता विविध सूचना र जानकारीबाट वञ्चित हुने देखिएकाे छ । अस्ट्रेलियाभन्दा बाहिर रहेकाहरूले समेत फेसबुकमा त्यहाँका समाचार पढ्न पाउने छैनन् ।

सीएनएनका अनुसार स्थानीय तथा अन्तर्राष्ट्रिय समाचार पाेर्टलका फेसबुक पेजहरू ब्लक गरिएका छन् । सरकारी कार्यालयका फेसबुक पेजहरूसमेत निस्कृय भएका छन् । यसबारे प्रतिक्रिया दिँदै अस्ट्रेलिया सरकारले सामाजिक सञ्जाल जाइन्टको विश्वसनीयतामाथि प्रश्न उठाएकाे छ ।

Featured