देश

एक नेपाली, एक विदेशी साथी नेपाल पठाऊ अभियान

काठमाडौं, भदौ ९-‘नेपाल भ्रमण वर्ष २०२०’ मा २० लाख पर्यटक भित्र्याउन लक्ष्य साथ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए)सँग मिलेर ‘एक नेपाली, एक विदेशी साथी नेपाल पठाऊ अभियान’ चलाउने भएको छ।

नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखी मन्त्रालयले सो अभियानलाई अघि सारेको हो। सोमबार आफ्नो कार्ययोजना सार्वजनिक गर्दै मन्त्री योगेश भट्टराईले भ्रमण वर्षलाई सफल बनाइने बताए।