खेलकुद देश

अन्तर–जिल्ला मनिष– दिपेन्द्र ट्रफी क्रिकेट सिरिज आयोजना हुँदै

विराटनगर, २ फागुन । मोरङ र सप्तरी बीच अन्तर– जिल्ला मनिष– दिपेन्द्र ट्रफी क्रिकेट सिरिज आयोजना गरिने भएको छ । जिल्ला क्रिकेट संघ मोरङ र जिल्ला क्रिकेट संघ सप्तरीले संयुक्त रुपमा क्रिकेट सिरिज आयोजना गर्न लागेका हुन् ।

मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष नविन घिमिरेले खेलाडीलाई अभ्यासको कमी भइरहेको महशुस गरी सिरिज आयोजना गर्न लागिएको बताए । नेपालमा पहिलो पटक हुन लागेको दुई जिल्ला बिचको क्रिकेट सिरिज चैतको पहिलो सातासम्ममा आयोजना हुने अध्यक्ष घिमिरेले जानकारी दिए ।

सिरिज तीन दिवसिय, एक दिवसिय र टि– ट्वान्टीको तीन वटै फरम्याटमा आयोजना गरिने छ । सिरिज पहिले मोरङमा र अर्कोवर्ष सप्तरीमा हुने सहमति भएको अध्यक्ष घिमिरेले जानकारी दिए । कार्यक्रममा विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताए ।

Featured