खेलकुद देश

आईपीएलको अक्सनमा नेपाली खेलाडी सन्दीप मात्रै, न्यूनतम मूल्य ४० लाख

भारतको चर्चित इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–ट्वान्टी को अक्सनमा नेपाली खेलाडी सन्दीप लामिछाने छनोट भएका छन् । अक्सनका लागि ८ जना नेपाली खेलाडीले नाम दर्ता गराएकामा सन्दीप मात्र छनोट भएका हुन् । यसपटकको अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारु तोकिएको छ ।

आईपीएलले अक्सनका लागि २ सय ९२ जना खेलाडी छनोट गरिएको छ । जसमा यसअघि तीन सिजन आईपीएल खेलेका सन्दीप पनि समावेश छन् ।

नेपाल क्रिकेट संघ (क्यान) मार्फत ८ नेपाली खेलाडीले अक्सनका लागि नाम दर्ता गराएका थिए । जसमा सन्दीपसँगै सोमपाल कामी, करण केसी, शरद भेषवाकर, दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, कुशल मल्ल र अविनास बोहोरा थिए ।

Featured