खेलकुद राजनीति

प्रधानमन्त्रीका अधिवक्ताले उठाए अविश्वास प्रस्तावमाथि आधिकारिकताको प्रश्न

अधिवक्ता महेश नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको आधिकारिकतामाथि प्रश्न उठाएका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सोमबार संवैधानिक इजलासमा बहस गरेका अधिवक्ता नेपालले प्रतिनिधिसभा विघटनपछि आएको अविश्वासको प्रस्तावको आधिकारिकताको प्रश्न उठाएका हुन् ।

उनले भने, ‘अहिले विश्वासको मत लिएको पनि होइन । अविश्वासको प्रस्ताव आएको पनि होइन । संसद् विघटन भएपछि आएको अविश्वासको प्रस्तावको आधिकारिकताको प्रश्न पनि छ ।’

अधिवक्ता नेपालले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले दर्ता गरेकाे भनिएकाे अविश्वासको प्रस्तावमा संसदीय दलको नेता भएर आएको पनि उल्लेख नभएको दाबी गरे । ‘अविश्वासको प्रस्तावमा उनले म पार्टी फुटाएर आए पनि भनेका छैनन् । यति भनेपछि संसदीय दलको नेता परिवर्तन भएकाे छैन,’ उनले भने ।

Featured