देश

चितवनमा प्रहरी र रवि लामिछानेका समर्थक बिच झडप

चितवन, भदौ ९-सोमबार चितवनको हाकिमचोक र जिल्ला प्रशासन कार्यालय चोकमा रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ। रबि लामिछानेका समर्थकले निषेधाज्ञा तोड्न खोजेपछि प्रहरीले एक दर्जन अश्रु ग्यास प्रहार गरेको छ, भने ३ जनालाई पक्राउ गरेको छ।

झडपमा एउटा हाकिमचोक र जिल्ला प्रशासन कार्यालय चोकमा ट्रकमा प्रदर्शनकारीले तोडफोड गरेका छन्। जिल्ला प्रशासन कार्यालय चितवनले प्रहरी कार्यालय, अदालत, चौविसकोठी क्षेत्रमा सोमबार दिनभरीलाई निषेधित घोषणा गरेको छ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरीको नियन्त्रणमा रहेका लामिछाने, युवाराज कँडेल र अस्मीता कार्कीसँगको वयान सकिए पछि अहिले वहस सुरु भएको छ। आत्महत्यामा दुरूत्साहन कसुर प्रमाणित भए मुलुकी अपराध संहिताअनुसार पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ।