देश

दर्जनौँ कार्यक्रम भ्याएर मन्त्री पण्डित काठमाडौँ फर्किए

विराटनगर, भदौ ९–संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित गृह जिल्ला मोरङ लगायत पूर्वका विभिन्न दर्जनौँ कार्यक्रममा सहभागि भएर पुन : काठमाडौँ फर्किएका छन् । गत भदौ ७ गते गृह जिल्ला विराटनगर आएका उनी केहीदिन बसेर सुनसरी मोरङका विभिन्न कार्यक्रममा सहभागिता जनाएर पुन संघिय राजधानी काठमाडौँ फर्किएका हुन् ।

मन्त्री पण्डिलले सुनसरीको इटहरी उपमहानगरपालिका–१२ स्थित प्रणमी मन्रिमा पुगेर अवलोक गरेका छन् । उनले सो मन्दिरको संरक्षण र विकासका लागि पहल गर्न स्थानीय उद्योगी व्यवसायी धार्मिक संघ संस्थाका प्रतिनिधिहरुसँग छलफल र भेटघाट गरेका छन् । उनले स्थानीय मुक्ति घाटको अवलोकन गरि त्यसको स्तरोन्नतीका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

उनले सुनसरीको कोशि गाउँपालिकामा प्रदेश नं. १ का उद्योग, पर्यटन र वन तथा वातावरण मन्त्री जगदिस कुसियतका दाजुको तेह्रौँ दिनको पुण्य तिथिमा पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

मन्त्री पण्डितले आफ्नो निर्वाचन क्षेत्र मोरङ क्षेत्र नं. ६ अन्तर्गत विराटनगर–४ स्थित राधाकृष्ण प्रणमि मन्दिरमा पुगेर सो क्षेत्रको विकास र तराइ मधेश समृद्धि कार्यक्रम अन्तर्गत गर्न सकिने कामका विषयमा स्थानीय जनता तथा अगुवा कार्यकर्तासँग छलफल गरेका छन् ।

मन्त्री पण्डितलेले कृष्णजन्माष्टमीको भोलिपल्ट निकालिने ऐतिहाँसिक रथयात्राको उद्घाटन समेत गरे । आफ्नै निर्वाचन क्षेत्र अन्तर्गत उनले बुढीगंगा गाउँपालिका–६ स्थित तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत निर्माण भइरहेको राम जानकि सामुदायीक भवनको निर्माण भइरहेको काम र विकास निर्माणमा आइपरेका समस्या तथा समाधानका विषयमा स्थानीय थारु समुदायसँग अन्तरकृया गरेका छन् ।

निर्बाचन जितेपछी सवैभन्दा बढी आफ्नो निर्बाचन क्षेत्र पुग्ने गरेका मन्त्री पण्डितले सोही निर्बाचन क्षेत्र अन्तर्गतनै शुन्दरहरैँचा नगरपालिका–५ स्थित देविथानमा जनताका समस्या र त्यहाँ भइरहेको विकास निर्माणका काम र मन्त्रालय मार्फत गर्न सकिने पहलका विषयमा पनि छलफल गरेका छन् ।

उनले त्यहाँ निर्माण भइरहेका सुकुम्बासीका लागि सामुहिक आवास, सिँचाइका लागि डिप बोरिङ, नदी कटान नियन्त्रणका विषयमा छलफल गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश कमिटि सदस्य सत्यनारायण चौधरीले जानकारी दिए । त्यस्तै मन्त्री पण्डितले सोही नगरपालिका वडा नं. ६ स्थित संसदीय पूर्वाधारकोष अन्तर्गत निर्माण भएको कालोपत्रे सडकको समेत उद्घाटन गरेका छन् ।

उनले शुन्दरहरैँचा नगरपालिका स्थित विराटचोकमा कृष्ण मन्दीरले आयोजना गरेको रथयात्राको उद्घाटन गरे । आइतबार मात्र पार्टी कार्यालय पञ्चालीमा प्रदेश अन्तर्गतका अगुवा कार्यकर्ता समसामयीक राजनितिक विषयमा छलफल गरे ।

सो अबसरमा उनले महानगर पश्चिमको नहरबाट सडक बनाउने विषयमा बजेट र कार्यान्वयनका विषयमा छलफल गरे । सो अवसरमा उनले विराटनगरको सुकुम्बासि समस्या समाधानका लागि भइरहेको काम र प्रगतिका विषयमा जानकारी गराएका थिए ।

मन्त्री पण्डितले भर्खरै एकता सम्पन्न भएको नेकपाको बुढीगंगा गाउँपालिका कमिटिलाई शपथ ग्रहण गराएका छन् । उनको प्रमुख आतिथ्यतामा सो गाउँ कमिटिका ७५ सदस्यीय पदाधिकारी तथा सदस्यहरुलाई सपथग्रहण गराइएको हो ।

मन्त्री पण्डित जनताको पिरमर्का, विकास निर्माणको अवस्था र मन्त्रालय मार्फत सम्पादन भएका काम र तराई मधेश समृति कार्यक्रम मार्फत भइरहेका कामहरुका विषयमा छलफल र पशामर्श गरि पुन काठमाडौँ फर्किएको नेकपा प्रदेश कमिटी सदस्य सत्यानारायण चौधरीले जानकारी दिए ।

Featured