देश

व्यापारी सरोजकुमार मिश्रसहित १० जनाविरुद्ध १ अर्ब बढी भ्याट छलीको मुद्दा

राजस्व अनुसन्धान विभागले नक्कली फर्म खडा गरी मूल्य अभिवृद्धि कर (भ्याट) छली गरेको अभियोगमा प्रोकरस इन्टरेनशनका सरोजकुमार मिश्रसहित १० जनाविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ ।

नक्कली भ्याट बिल प्रयोग गरी फर्महरूको बैंक खाता सञ्चालन गर्ने उनीहरूलाई १ अर्ब चार करोड २४ लाख बिगो दाबीसहित मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

नक्कली भ्याट बिल बनाउनेमा प्रोकरस इन्टरनेशनल, आर के एस इन्टरेनशनल प्रालि, अनन्या इन्टरनेशनल, इन्टरसिटी इन्टरनेशनललगायत रहेका छन् ।

नक्कली भ्याट बिलको मुख्य कारोबार, तथा सबै फर्मका बैंक खाता सञ्चालक सरोजकुमार मिश्र, जयकिशोर साह, परमेश्वर साह रहेका विभागले जनाएको छ ।

Featured