देश राजनीति

ओलीप्रति रामचन्द्र पौडेलको व्यंग्य : प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरी बर्बराउँछन्

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना विरोधीलाई अपमानित गर्न तम्सिएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक समाजको शान्तिपूर्ण विरोध प्रदर्शनमा गरिएको दमनप्रति विरोध जनाउँदै पौडेलले प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा अहिले प्रधानमन्त्री ओली आफ्नो विरोधीलाई अपमानित गर्न तम्सिएको झैं गरी व्यवहार गर्ने गरेको स्मरण गरेका हुन् ।

संसद विघटनको विरोधमा नागरिक आन्दोलनले बालुवाटारमा गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमाथि सोमबार प्रहरीले हस्तक्षेप गरेको थियो । पौडेलले प्रधानमन्त्री ओलीका अभिव्यक्ति र सरकारले नागरिकमाथि गर्ने व्यवहार हेर्दा सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको पनि बताएका छन् ।

मंगलबार ट्वीट गर्दै उनले भनेका छन्, ‘प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति र सरकारले नागरिकमाथि गर्ने व्यवहार हेर्दा सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको छ । हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरी बर्बराउने गर्दछन्, जसरी अहिले प्रधानमन्त्री केपी ओली आफ्नो विरोधीलाई अपमानित गर्न तम्सनुभएको छ ।’

Featured