विदेश

सुडानमा वर्षा र बाढीका कारण ६० जनाको मृत्यु

एजेन्सी, भदौ ९–वर्षा र बाढीका कारण सुडानमा ६० जनाको मृत्यु भएको छ । सुडानको स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार प्राकृतिक प्रकोपमा परेर १०१ जनाभन्दा बढी घाइते भएका छन् ।

वर्षा र बाढीले ३२ हजार परिवारको घरमा आंशिक क्षति पुर्याएको र २० हजारभन्दा धेरैको घर पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ । वर्षा र बाढीपछि आउन सक्ने अन्य प्रकोपहरुबाट बच्न मन्त्रालयले अभियान चलाउन थालेको छ ।

यसअघि मानवीयता सम्बन्धी राष्ट्रसंघीय कार्यालयले एक लाख ७१ हजार ७०० जना प्रभावित भएको विवरण सार्वजनिक गरेको थियो । अगस्टको सुरुदेखि सुडानमा अत्यधिक वर्षा र बाढीले देशका धेरै ठाउँमा असर पारको थियो भने कतिपय सडकहरु अबरुद्ध भएका छन् ।

Featured