देश राजनीति

विराटनगरबाट मोटरसाईकल चोरी गरेर भारततर्फ लैजाँदै गर्ने एक जना पक्राउ

विराटनगर, ११ माघ । विराटनगरबाट मोरङसाईकल चोरी गरेर भारततर्फ लैजाँदै गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–६ रामपुरका २० वर्षीय अजय पासवान रहेका छन् ।

शनिबार पौने १२ बजे विराटनगर–१२ स्थित मंगलबारे हटियामा पार्किङ गरी राखेको प्रदेश ०१–०२–०४० प ४३७३ नं. को एफजेड मोटरसाईकल चोरी गरी विराटनगरबाट रानी दरैयातर्फ लैजाँदै गरेको अवस्थामा पासवान पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चोरी गरेको मोटरसाइकलसहित पासवानलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

Featured