देश

दरबन्दीअनुसार चिकित्सक पठाउन संघीय सरकारसँग माग

डडेल्धुरा, भदौ ९–डडेल्धुराका स्थानीय तहका जनप्रतिनिधिहरुले दरबन्दीअनुसार चिकित्सक खटाउन संघीय सरकारसँग माग गरेका छन्। जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको स्थानीय तहका प्रमुख र जिल्लास्थित सरकारवालाको बैठकले दरबन्दीअनुसार चिकित्सक तथा स्वास्थ्यमर्की पठाउन मा गरेका हुन्।

जिल्लाको परशुराम नगरपालिका–८ मा झाडापाखालाको महामारी हुनुमा स्वास्थ्यकर्मीको अभाव रहेको बैठकको निष्कर्ष छ। जिल्लाका डडेल्धुरा अस्पताल, जोगबुडा अस्पताल तथा स्वास्थ्य कार्यालय डडेल्धुरा र विभिन्न स्थानीय तहमा कार्यरत चिकित्सक तथा स्वास्थकर्मी समायोजनका कारण अन्य स्थानमा रमाना भएका कारण दरबन्दीको तुलनामा न्यून संख्यामा चिकित्सक छन्।

बैठकले समायोजनमा गएका चिकित्सक एवं स्वास्थ्यकर्मीको ठाउँमा पदपूर्ती गर्न संघीय सरकार र प्रदेश सरकारसँग माग गरेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडलले जानकारी दिए।

जिल्लाको भित्री मधेशमा पर्ने परशुराम नगरपालिका–८ जमरानीमा साउन २९ गतेदेखि गम्भीर खालको झाडापखाला ‘हैजा’ को प्रकोप देखिएको थियो। झाडापखाला ‘हैजा’ को प्रकोपबाट आइतबारसम्म ८८ जना व्यक्ति विरामी भएको छन्। सो क्षेत्रमा प्रकोप देखिएपछि सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरासहितको टोली गत बिहीबार उक्त

Featured