विदेश

१९ वर्षकी सृष्टि गोस्वामी एक दिनका लागि उत्तराखण्डको मुख्यमन्त्री बन्दै

एजेन्सी, ११ माघ-भारतको हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी १९ वर्षकी सृष्टि गोस्वामी एक दिनका लागि उत्तराखण्डको मुख्यमन्त्री बन्ने भएकी छन् । राष्ट्रिय बालिका दिवस (२४ जनवरी) को अवसर पारेर गोस्वामीलाई एक दिनका लागि उत्तराखण्डको मुख्यमन्त्री बनाइन लागेको हो । बीबीसी हिन्दीले यससँगै उनी उत्तराखण्डकी पहिलो महिला मुख्यमन्त्री बन्ने जनाएको छ

उनी बाल विधानसभामा मुख्यमन्त्रीको रुपमा सहभागी हुनेछिन् भने त्यहाँका विभागीय कार्यका बारेमा जानकारी लिनेछिन् । त्यसबखत विभागका कर्मचारीले आफ्नो प्रस्तुति दिने बीबीसी हिन्दीले समाचारमा उल्लेख गरेको छ

भारतीय समयअनुसार आइतबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म आयोजना हुने उक्त कार्यक्रममा उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत पनि सहभागी हुनेछन्

उत्तराखण्डस्थित बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष् उष नेगीले एक दिनको मुख्यमन्त्री बनाउने पहलको उद्देश्य युवतीहरुमा सशक्तिकरण फैलाउनु रहेको बताइन् । । । ।

Featured