देश मनोरंजन

प्रदेश १ मा चलचित्र निमार्ण सम्बन्धी तीन दिने तालिम सम्पन्न

विराटनगर, १० माघ । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले प्रदेशभरिका २० जना चलचित्र निर्देशकहरुका लागि चलचित्र निमार्ण सम्बन्धी तीन दिने तालिम सम्पन्न गरेको छ । महासंघले प्रदेश १ भरिका २० जना चलचित्र निर्देशकहरुलाई इटहरीमा गराएको ३ दिनको तालिमको आज बिराटनगरमा प्रमाणपत्र बितरण गर्दे सम्पन्न गरिउको हो ।

प्रमाणपत्र बितरण तथा समापन कार्यक्रममा नेपाल चलचित्रकर्मी संघका केन्द्रीय अध्यक्ष रबिन खड्काले कोभिडको कारण चलचित्र क्षेत्रमा परेको असरलाई कम गर्दै उक्त क्षेत्रलाई चलायमान बनाई बिकास र बिस्तारको लागि यस्ता कार्यक्रमहरुले उर्जा थप्ने बताए ।

नेपाल चलचित्रकर्मी संघ प्रदेश १ को सभापति अरुणकुमार प्रधानले विभिन्न माध्यमबाट चलचित्र निर्माण गर्ने प्रदेश १ का चलचित्रकर्मीहरुलाई दक्ष बनाउने उद्धेश्यका साथ फिल्म मेकिङ वर्कसपको आयोजना गरिएको बताए । कार्यक्रममा चलचित्र क्षेत्रमा आबद्ध रहेका विभिन्न संघका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।

Featured