देश

विराटनगरका चार पत्रकार सम्मानित

विराटनगर, १० माघ । नेपाल बैश्य यूवा संघ मोरङले मकालु टेलिभिजनका सहसम्पादक मीनकुमार नवोदित र बरिष्ठ सम्बादाता नवीन कर्ण सहित ४ जना पत्रकारलाई सम्मान गरेको छ । संघले आज विराटनगर स्थित विराट सेवा आश्रममा आयोजना गरेको कार्यक्रमकाबीच ४ जना पत्रकार सहित समाजका विभिन्न क्षेत्रमा सेवा र योगदान पु¥याएका ब्यक्तिहरुलाई सम्मान गरेको हो ।

नवोदित र कर्णलाई विघटित प्रतिनिधि सभाका सांसद शिवकुमार मण्डल,आयोजक संस्थाका अध्यक्ष गणेशकुमार साह र नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष तथा लायन्स क्लबका पूर्व गर्भनर फुलकुमार लालवानी लगायतले सम्मानपत्र सहित सम्मानित गरे ।

पत्रकारिता मार्फत सिमान्तकृत बर्गका समस्या र ओझेलमा परेका बिषयहरुलाई उठाउदै कोभिड १९ को जोखिमको समयमापनि सुसूचित गराउने कार्यलाई निरन्तरता दिएको योगदानको कदरगर्दै पत्रकारहरुलाई सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ ।

सम्मानित अन्य पत्रकारहरुमा शंकर खरेल र तारा आचार्य हुनुहुन्छ । यसैगरि संघले जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्कालाई समेत सम्मान गरेको छ । कार्यक्रममा अन्य क्षेत्रमा योगदान पु¥याएका ब्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो ।

संघले बृद्धाश्रममा बनभोज तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो । बृद्धाश्रमका आश्रितलाई समेत बनभोज तथा सम्मान कार्यक्रममा सहभागि गराएर सार्थक बनभोजको अभ्यास शुरु गरिएको आयोजक संस्थाले जनाएको छ ।

Featured