देश राजनीति

न्यायालयलाई कसैले पनि दबाब दिनु हुँदैन : थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा अहिले देखापरेको संवैधानिक अस्पष्टता र विवादको हल सर्वोच्च अदालतले गर्ने बताएका छन् । शनिबार जिल्ला अध्यक्षहरुसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले अदालतलाई कुनै पनि पक्षले दबाब दिन नहुने बताए ।

थापाले १४ वर्षदेखिको गलत र त्रुटिपूर्ण राजनीतिक मार्गचित्रको अभ्यासले मुलुक गम्भीर दुर्घटना उन्मुख भएको बताए । अब सबै अट्ने राजनीतिक प्रणालीले मात्र मुलुकलाई जोगाउने भन्दै थापाले कसैलाई पनि निषेध गर्न नहुनेमा जोड दिए ।

आफ्नो स्वार्थ सिद्ध गर्न निमित्त देश, जनता र प्रजातन्त्रलाई दाउँमा राख्न नहुने भन्दै उनले विप्लवदेखि राजासम्म अटाउने मौलिक प्रजातन्त्रले मात्र स्थायित्व दिने दाबी गरे । अध्यक्ष थापाले अहिले भ्रष्टाचार, धर्म परिवर्तन र सर्वसत्तावाद नै प्रमुख चुनौती भएको  बताए ।

Featured