देश राजनीति

कैलालीको टीकापुरबाट विप्लव समूहका तीन जना कार्यकर्ता पक्राउ

कैलालीमा नेत्रविक्रम चन्द विप्लव समूहका नगर एरिया इन्चार्जसहित तीन जना कार्यकर्ता पक्राउ परेका छन् । विप्लव समूहका टीकापुर नगरपालिका एरिया इन्चार्ज पूर्ण खड्का, एरिया सेक्रेटरी जगत विश्वकर्मा र डम्मरबहादुर विष्टलाई टीकापुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए । शान्ति सुरक्षामा खलल पुर्‍याउन सक्ने सूचना पाएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक विष्टले बताए ।

Featured