देश

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, भाेलि पनि सुनुवाइ

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथि सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा बिहीबारकाे सुनुवाइ सकिएको छ । याे मुद्दामा शुक्रबार पुनः सुनुवाइ हुनेछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासमा भइरहेकाे सुनुवाइमा बिहीबार रिट निवेदकतर्फका कानुन व्यवसायीहरू टीकाराम भट्टराई, गुणनिधि न्याैपाने, ओमप्रकाश अर्यालले बहस गरे । रिट निवेदक २५ वर्षीय समृत खरेलले पनि १५ मिनेट बहस गरे ।

बुधबारकाे बहसमा कानुन व्यवसायीहरू चन्द्रकान्त ज्ञवाली, कृष्णप्रसाद भण्डारी, अनिता मानन्धर, सुरेन्द्रविक्रम केसी, कञ्चनकृष्ण न्यौपाने, नवराज पाण्डे र झलकुमारी विश्वकर्मा थिए ।

Featured