देश

भारतले दिएको कोरोराविरुद्धको १० लाख खोप नेपाल आइपुग्यो

विराटनगर, ८ माघ । कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ । भारत सरकारले नेपाललाई अनुदानस्वरुप दिएको कोरोना विरुद्धको १० लाख डोज खोप आज त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमार्फत नेपाल भित्रिएको हो ।

नेपालका लागि भारतिय राजदुत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा कोरोनाविरुद्दको खोप हस्तान्तरण गरेका हुन् । मन्त्री त्रिपाठीले यस खोपको न्यायपूर्ण सदुपयोग गरिने बताए ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, चिकित्साकर्मी, सरसफाईकर्मी, अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी लगायतलाई प्राथमिकतामा राखेर खोप दिईने उनको भनाई छ । अन्य प्राथमिकताको जनसंख्यालाई पनि खोप दिइने उनले बताए । सरकारले आधारभुत जनसंख्याको लागि निशुल्क रुपमा खोप उपलब्ध गराउने मन्त्री त्रिपाठीले बताए ।

नेपालमा थप ४० लाख खोप आवश्यक रहेको भन्दै उनले पहिलो चरणको खोप अभियान अन्त्य हुनुअगावै ल्याइसक्नुपर्ने अवस्था रहेको उनको भनाई छ । आगामी दिनमा पारदर्शी ढंगले खोप खरिद प्रक्रिया अगाडी बढाइने मन्त्री त्रिपाठीले जानकारी दिए ।

Featured