देश

एसेज सिरिज क्रिकेट अन्तर्गत तेस्रो टेस्टमा इङ्ल्यान्डको रोमाञ्चक जित

काठमाडौं, एजेन्सी, भदौ ९-एसेज सिरिज क्रिकेट अन्तर्गत तेस्रो टेस्ट इङ्ल्यान्डले जितेको छ। आइतबारको रोमाञ्चक तेस्रो टेस्टमा इङ्ल्यान्डले अष्ट्रेलियालाई एक विकेटले हरायो। लिड्समा अष्ट्रेलियाले दिएको तीन सय ५९ रनको विजय लक्ष्य इङ्ल्यान्डले १२५.४ ओभरमा नौ विकेटको क्षतिमा पूरा गरेको थियो।

इङ्ल्यान्डको जितमा बेन स्टोकले शतकीय पारी खेले। उनले अविजित एक सय ३५ रन बनाए। कप्तान जोय रुटले ७७, जोय डेनलीले ५०, जोनी बैरस्ट्रवले ३६ र जोफ्रा आर्चरले १५ रन बनाए। अस्ट्रेलियाका जोस ह्जेलवुडले चार विकेट लिए। नाथन लियोनले दुई तथा पाट कमिन्स र जेम्स पाटिन्सनले एक एक विकट लिएका थिए।

यसअघि अस्ट्रेलिया पहिलो इनिङमा एक सय ७९ र दोस्रो इनिङमा दुई सय ४६ रन बनाएर आउट भएको थियो। इङल्यान्ड पहिलो इनिङमा केबल ६७ रनमा अलआउट भएको थियो। यस जितसँगै टेस्ट क्रिकेटमा इङल्यान्डले चौथो इनिङमा सर्वाधिक तीन सय ६२ रनको किर्तिमान समेत बनाएको छ।

बेन स्टोकले चौथो इनिङमा बनाएको एक सय ३५ रन एसेज सिरिजको इतिहासमा अहिले सम्मकै सर्वाधिक रन हो। यससँगै इङल्यान्डले पाँच खेलको सिरिजमा १–१ को बराबरी गरेको छ।

Featured