देश

फरक मत वा असहमतिलाई सम्मान गर्छौं : मुख्यमन्त्री पौडेल

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फरक मत, असहमति वा असन्तुष्टिलाई सम्मान गरिने बताएका छन् । बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले केही अन्योल र तीव्र ध्रुवीकरणबीच सदनमा उपस्थित भइरहँदा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे आआफ्नै खाले बुझाइ एवं दृष्टिकोण रहेको उल्लेख गरे ।

पौडेलले एकातिर जनताको असिम अपेक्षा, अर्कोतिर आफ्नै राजनीतिक, प्रशासनिक, ऐन कानुन एवं स्रोत र साधनको सीमितताका बीचमा प्रदेश सरकार अघि बढेको उल्लेख गरे ।

उनले शून्य अवस्थाबाट प्रदेश सरकार गठन भएको तीन वर्ष पुग्दै गर्दा सरकारले गरेका काम देखिन थालेको बताए । उनले सबैले इमानदारीपूर्वक लागिपर्दै गर्दा सकारात्मक परिणाम पनि आएको बताए ।

‘त्यसो त कतिपय सदस्यले देखिन थालेका परिवर्तनप्रति संशय व्यक्त गर्नुभएको छ, अपेक्षा र यथार्थका बीचको फरकपनलाई हामी कसरी हेर्छौं, कसरी बुझ्छौँ, त्यो हाम्रो दृष्टिकोणको सन्दर्भसँग जोडिएको हुन सक्छ, हाम्रो राजनीतिक मूल्यका प्रश्नसँग गाँसिएका पनि हुन सक्छन्’, पौडेलले भने । रासस

Featured