प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथि सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा मंगलबारकाे सुनुवाइ सकिएको छ । याे मुद्दामा बिहीबार फेरि सुनुवाइ हुनेछ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासमा भइरहेकाे सुनुवाइमा बिहीबार पनि रिट निवेदकतर्फका कानुन व्यवसायीले बहस गरे ।
बुधबार कानुन व्यवसायीहरू चन्द्रकान्त ज्ञवाली, कृष्णप्रसाद भण्डारी, अनिता मानन्धर, सुरेन्द्रविक्रम केसी, कञ्चनकृष्ण न्यौपाने, नवराज पाण्डे, झलकुमारी विश्वकर्माले बहस गरे ।
यसअघिकाे बहसमा कानुन व्यवसायीले ३ घण्टासम्म समय लिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बहसका लागि समय निर्धारण गरेका थिए । संवैधानिक इजलासमा बुधबारको सुनुवाइ सुरु भएपछि प्रधानन्यायाधीश राणाले ३० मिनेटमा बहस सक्न भनेका हुन् ।
प्रतिक्रिया दिनुहोस