चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशविरुद्ध नेपाल पुलिस क्बलले टस जितेर पहिला बलिङ गरिरहेको छ । यी दुई टिमबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको छ ।
प्रतियोगितामा आफ्नो पहिलो खेलमा सुदूरपश्चिम र पुलिस क्लब बागमती प्रदेशविरुद्ध पराजित भएका थिए । दुवै टिम आज पहिलो जीतको खोजीमा छन् ।
प्रतियोगिताअन्तर्गत आजै भइरहेको अर्को खेलमा त्रिभुवन आर्मी क्लब र प्रदेश-१ प्रतिस्पर्धा गरिरहेका छन् । मुलपानी क्रिकेट मैदानमा भइरहेको सो खेलमा प्रदेश-१ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।
विनोद भण्डारी कप्तान रहेको त्रिभुवन आर्मी क्लब लगातार तेस्रो जीतको खोजीमा छ । उसले कर्णाली र गण्डकी प्रदेशलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको छ । सिद्धान्त लोहनी नेतृत्वको प्रदेश-१ ले भने दुई म्याच खेल्दा दुवैमा हार ब्यहोरेको छ ।
प्रतिक्रिया दिनुहोस