देश

आज विदेशी मुद्राको विनिमय दर कति छ हेर्नुहोस्

काठमाण्डौ, भदौ ९-आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९६ पैसा तोकेको छ। त्यस्तै आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३१ रुपैयाँ ५७ पैसा तोकेको छ।

आज साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६५ पैसा छ। भने यूएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा पुगेको छ। मलेसियन रिगिंट १ को खरिददर २७ रुपैयाँ २८ पैसा र बिक्रीदर २७ रुपैयाँ ४३ पैसा छ। यस्तै बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३०४ रुपैया ९४ पैसा रहेको छ।

यस्तै कोरियन वन आज १ सयको खरिददर ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४७ पैसा तोकेको छ। सोमबार कुवेती दिनार १ को खरिददर ३७७ रुपैयाँ र बिक्रीदर ३७८ रुपैयाँ ९८ पैसा रहेको छ।