देश

विराटनगर केशलिया रोडबाट भारत लैजाँदै गरेको डिजेल सहित दुई जना पक्राउ

विराटनगर, ७ माघ । मोरङको विराटनगर महानगरपालिका–११ केशलीया रोडबाट भारत लैजाँदै गरेको डिजेलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बुधबार विहान केशलीया सडक खण्डबाट ११ सय लिटर डिजेलसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर–११ का ४५ वर्षीय नरेस सहनी, सुनसरी साहेबगंजका १८ वर्षीय सुरज साह रहेका छन् । भारत तर्फ डिजेल लैजाने अन्य भने फराररहेको प्रहरीले जनाएको छ । प्रहरीले डिजेल ओसार्न प्रयोग गरेको चार वटा मोटरसाइक र एउटा सिटी सफारी समेत नियन्त्रणमा लिएको छ ।

प्रहरीले नियन्त्रामा लिएका व्यक्ति, डिजेल र सवारी साधनलाई आवश्यक कारवाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाउने तयारी गरेको जनाएको छ ।

Featured