देश

मोरङको सुन्दरहरैँचामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

विराटनगर, ७ माघ । मोरङको सुन्दरहरैचा नगरपालिका–१० सुकुना सामुदायिक वनमा जंगली हात्तीले हात्तीले आक्रमण गर्दा स्थानीय ३२ बर्षीया सीता पराजुलीको मृत्यु भएको छ ।

जंगलमा घाँस दाउरा गर्न गएकी पराजुलीलाई मंगलवार बिहान सवा १० जंगली हात्तीले आक्रमण गरी घाईते बनाएको र घाईतेलाई उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

Featured